समृद्धिको सुरुवात गाउँबाट हुन्छ मन्त्री अर्याल

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७६
IMG_2504 (1)

बैशाख, १७ वैशाख । भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुने बताएकी छन् ।

स्याङजाको स्वरेकमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित महायज्ञमा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् । मन्त्री अर्यालले गाउँगाउँबाट समृद्धिको अभियान सुरु हुने बताइन् । गाउँको माटो सुहाउदो शिक्षा दिन सके शिक्षित युवा बेरोजगार हुन नपर्ने भनाई उनको छ ।

अर्को प्रसंगमा मन्त्री अर्यालले विकासको हिसावले अहिले सम्म स्वरेक पछाडी परेको भन्दै पूर्व जनप्रतिनिधि पनि यसमा दोषी रहेको बताइन् । स्वरेकमा अब प्याराग्लाईडिङको लागि स्वरेक मैदान हव रहेको उनको भनाइृ छ ।

स्वरेकको विकासको लागि निर्बाचनको बेला गरेका बाचा पुरा गरेरै छाड्ने उनको जिकिर छ । गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेश सरकारले प्राविधिक शिक्षामा चासो राखेको भन्दै यस विद्यालयलाईपनि सक्दो सहयोग गर्ने आश्वासन दिए ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अहिले निःशुल्क शिक्षा भन्दा पनि गुणस्तरीय शिक्षा आबश्यक भएको बताए । विद्यायल ब्यबस्थापन समितिका पूर्व अध्यक्ष यमलाल शर्मा पंगेनी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width