पोखरा, १७ वैशाख । गिरफ्तार विद्यार्थी रिहा र पोखरा विश्वविद्यालयले बार्ताका लागि बोलाएकै कारण विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
पोखरा विश्वविद्यालयमा भएको अनियमितता र बेथिति विरुद्ध नेविसंघ सहित अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल बिद्यार्थी संघ कास्कीले आन्दोलनरत विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै मंगलबार देखी कास्की जिल्लाका शैक्षिक संस्था भन्द घोषणा गरेका थिए ।
पक्राउ परेका विद्यार्थी रिहा र विश्व विद्यालयले समस्या समाधानका लागि विद्यार्थी संगठनलाई वार्तामा वोलाएपछि हड्तालका कार्यक्रम फिर्ता लिएको जानकारी नेविसंघका नेता भानु ढकालले दिए ।
पोखरा विश्वविद्यालयमा विगत ३ महिना देखी जारी आन्दोलनका बारेमा बार्ताका वातावरण बनेको छ, ढकालले भने –आन्दोलनका क्रममा विद्यार्थी नेता बिकास रानाभाट, फिरोज सुवेदी, प्रताप बानियाँ, शुष्मा गौतम, प्रबिन ओझा, रागब तिवारी, सरोज शाह, आशिष पौडेल, अशोक तिमिल्सिना लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
तनावकै कारण तीनपटकसम्म विश्व विद्यालयको परीक्षा स्थगीत भएको छ ।पोखरा विश्वविद्यालयमा दिनहुँजसो तनाव भैरहन्छ । आइतबार क्याम्पस हाताभित्रै प्रहरी र विद्यार्थीबीच झडपको स्थिति सिर्जना भयो । झडपमा नेविसंघका नेता मुकेश महतोको टाउकोमाचोट लागेको छ । उनको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
विश्वविद्यालयको विधानमै डि प्लस ल्याएका विद्यार्थीलाई भर्ना हुन नदिने नियम भएपनि आंगिक क्याम्पसहरुले आर्थिक चलखेलमा परेर डि प्लसका विद्यार्थीलाई भर्ना लिएको विद्यार्थी संगठनहरुको आरोप छ । उनीहरुले गलत बाटोबाट विद्यार्थी भर्ना गर्ने क्याम्पसलाई तत्काल कारबाही हुनुपर्ने माग गरेको छ ।
डि प्लस तर्फका विद्यार्थीहरुले आँफुहरुले पनि पढ्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा उजुरी गरे । अदालतले परीक्षामा सहभागी हुन दिने निर्णय सहितको फैसला सुनायो र उनीहरुले अहिले परीक्षामा छन् । विश्वविद्यालय अन्तरगतका ४२ वटा क्याम्पसमा डि प्लस ल्याएका विद्यार्थीलाई रजिस्ट्रेसन गरि परीक्षामा सहभागी गराएको छ । अदालतले पनि त्यसमा अवरोध गर्न नहुने फैसला गरेपछि विद्यार्थीले विश्व विद्यालयको नियममा टेकेर काम गर्नुपर्ने बताएका छन ।
सोमबारको परीक्षामा अन्यौलताले केही विद्यार्थी परीक्षा दिनबाटै बञ्चित भए । ७ बजेबाट भनिएको परीक्षामा केही ढिलो आएको भन्दै स्नातक विपिएच तर्फका ४५ भन्दा बढी विद्यार्थीले परीक्षा दिन नपाएका बताईएको छ ।
सोमबार पनि विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहे । आन्दोलनमा सहभागी ११ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ती विद्यार्थी नेतालाई प्रहरीले सोमवार साँझ छाडिदिएको छ ।
क्याम्पसका रजिष्ट्रार गोविन्द शर्माले अदालत र कार्यकारी परिषद्ले गरेको निर्णय अनुसार परीक्षा सञ्चालन गरेको बताए । केही विद्यार्थीका कारण तीसौं हजार विद्यार्थीको भविष्य अन्योलमा हुँन दिँदैनौं ।सोमबारको परीक्षा निकै कठिनता पुर्वक सञ्चालन गरेको उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने
मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य : सरकारविरुद्धको रणनीतिमा ३ दलको कसरत सुरु
hero news full width
मुख्य समाचार
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८गण्डकीको राजनीतिमा नयाँ माेड : प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
वैशाख २, २०७८गण्डकीमा सरकार बनाउन ३ दलको अन्तिम कसरत
वैशाख २, २०७८