नवलपरासी, १६ वैशाख। विनासकारी भूकम्पको ४ वर्ष बितिसक्दा नवलपरासीमा विद्यालयतर्फको पुनःनिर्माण २५ प्रतिशतमात्र भएको छ।
२०७२ सालको भूकम्पमा जिल्लाका २ सय ८ विद्यालयका ५ सय ८० वटा कक्षा कोठामा क्षति पुगेको थियो। सोमध्ये २५ प्रतिशतको हाराहारीमा मात्र पुनःनिर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए।
भूकम्पले क्षति भएका विद्यालयमा अहिले पुनःनिर्माणको काम चलिरहेको कार्कीले बताए।
५५ वटा विद्यालयका लागि १ सय ८० वटा कक्षाकोठा पुनःनिर्माण गर्न बजेट विनियोजन भएकोमा ३९ वटा विद्यालयले कक्षाकोठा पुनःनिर्माण गरिसकेको छ भने बाँकी १६ वटा विद्यालयमा निर्माणको चरणमा रहेको छ।
यस वर्ष पछिल्लो पटकमात्रै ३५ वटा विद्यालयका लागि १२ करोड रकम आएकोमा कार्कीले बताए। तीमध्ये अझै ४ करोड रकम अपुग रहेको उनले बताए।
त्यस्तै ३७ वटा विद्यालय र ३० वटा शौचालयका लागि यसै वर्ष निर्माण शुरु गर्ने गरी शुक्रबारमात्रै परिपत्र आएको कार्कीले बताए।
कतिपय विद्यालय भूकम्पका कारण भत्किएपछि नयाँ भवन निर्माण गर्न नसक्दा जोखिमपूर्ण अवस्थामा रहेको भवनमा बालबालिकालाई राखेर पढाउने समेत गरेको पाइएको छ। विद्यालयमा बनाइएका नयाँ भवन भूकम्प प्रतिरोधात्मक रहेका छन्।
अबको १ वर्षसम्म विद्यालयहरुमा पुनःनिर्माणको काम सकिसक्ने योजना रहेको कार्कीले बताए।
पूर्वी र पश्चिम नवलपरासी गरी १५ वटा स्थानीय तह रहेको नवलपरासीमा ८ सय ७२ घरमा पूर्ण क्षति भएको यकिन गरिएकोमा निजी आवासतर्फ पुनःनिर्माणको काम भने ६० प्रतिशत सकिएको छ भने बाँकीमा पनि पुनःनिर्माणको काम चलिरहेको छ।
Related News
सम्बन्धित समाचार
सडक कालोपत्रेको माग गर्दै मंगलाघाटवासी आन्दोलित
पूर्वमन्त्री दुर्गा श्रेष्ठलाई मातृशोक
पत्रकार महासंघ गण्डकीको पदस्थापन
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
बाढी प्रभावलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्ने प्रयास
hero news full width
मुख्य समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
वैशाख ४, २०७८एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
वैशाख ४, २०७८जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८