मन्त्रालयको कामप्रति सन्तुष्ट छैन – मन्त्री लम्साल

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७६
ga

पोखरा,बैशाख १६ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको बिकास गर्न नसकेको बताएका छन् ।

प्रदेश मन्त्रालयद्वारा सोमवार गरिएको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उदघाट्न गर्दे उनले भने –कर्मचारीको सहयोग नहुँदा बिकास साझेदारीमा समस्या आएको छ ।

बीसौ बषदेखि नीति निर्माणमा बसेका कर्मचारीहरु गोष्ठी र छलफलमा यो भएन भनेर भाषण गरेको देख्दा अचम्म लाग्ने गरेको छ, उनले भने– कर्मचारी बिभिन्न बाहानामा काम हुन नदिन असहयोग गरिरहेका छन् ।

आफ्नै कन्त्रालयको कामप्रति सन्तुष्ट छैन् मन्त्री लम्सालले भने –बिकासका लागि ट्याक परिवर्तन आवश्यक भएपनि कर्मचारीतन्त्रले नयाँ ट्याकबाट अगाडि वढ्नै दिर्दैैनन ।

पुरानै परिपाटीलाई निरन्तरता दिने हो भने संघीयता किन आवश्यक र्पयो ? उनको प्रश्न छ । गण्डकी प्रदेश सरकारले एक स्थानीय तह एक उद्योग ग्राम निर्माण गर्न लागेकोले सोही अनुरुप काम गर्न र जनताको जीवनस्तर उकास्न तर्फ सोच्न समेत आग्रह गरे ।

गोष्ठीमा मन्त्रालय महाशाखा प्रमुख नारायण आचार्यले मन्त्रालयले आगामी दिनमा कस्तो योजना बनाउने भन्ने बारे सहि र प्रभावकारी सुझाव दिन सहभागिलाई आग्रह गरे । दुईदिन सम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्र्तगतका उद्योग अधिकृतहरुको सहभागिता रहेका छ

Related News

सम्बन्धित समाचार

hero news full width