तेस्रो घाचोक माछापुच्छ्रे महोत्सवको उद्घाटन समारोहका अतिथि। तस्विरः श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, १५ वैशाख। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दिनप्रतिदिन भ्रष्टाचारीको संख्या बढेको बताएका छन्।
परिवर्तनका लागि युवा संजाल (युनेक) नेपाल माछापुच्छ्रे गाउँपालिका–३, घाचोकद्वारा आयोजित तेस्रो घाचोक माछापुच्छ्रे महोत्सवको आइतवार उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले भ्रष्टाचारीलाई राज्यले नङ्ग्याउनु पर्ने बताए।
केसीले नेपाल राष्ट्रिय लुटको यात्रातर्फ लम्किरहेकोमा गुनासो गर्दै वाइडवडी, फोजी, बुढीगण्डकी, काठमाण्डौंको टुँडीखेल लगायतका कान्ड त्यसैको पछिल्लो उदाहरण भएको पनि औँल्याएका थिए।
राष्ट्रिय अक्कल भन्दा विदेश नक्कल गर्दा देश नराम्ररी बिग्रीएको तर्फ सचेत गराउँर्दै केसीले लोक कल्याणकारी राज्यको निर्माणतर्फ सबैले ध्यान जानु पनेर्मा जोड दिए। घाचोकलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने चर्चा गर्दै केसीले ग्रामिण साधन स्रोतको सही परिचालनमा जोड दिए।
भिजन लुम्बिनी लिमिटेडका अध्यक्ष जगत पोखरेलले महोत्सवलाई सबैले आ–आफ्नो ठाऊँबाट सहयोग गर्नुपर्ने भनाई राखे। उनले नेपालको पानी जनताको लगानी नाराका साथ भिजन लुम्बिनीले कार्य गरिरहेको पनि स्पष्ट पारेका थिए।
वडाध्यक्ष सुर्यप्रसाद लम्सालले पहिला उत्सवको रूपमा मनाउँदै आएको मेलालाई यसपटक महोत्सवको आकार दिएको भनाई राखे।
Related News
सम्बन्धित समाचार
गुणस्तरीय शिक्षामा शिक्षकको भूमिका महत्वपूर्णः मुख्यमन्त्री
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
देवचुलीमा पानीको हाहाकार
मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७