स्वतन्त्र पत्रकार संघको भक्तपुर शाखा स्थापना

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७६
journalist photo_Fotor

भक्तपुर १५ बैशाख। स्वतन्त्र पत्रकार संघ नेपालको भक्तपुर शाखा स्थापना गरिएको छ। संघको संगठन विभागका उपप्रमुख तथा काठमाडौं शाखाका पूर्वअध्यक्ष केवि सम्राटको प्रमुख आतिथ्यतामा भएको भेलाको संघको शाखा स्थापना गरेको हो।

संघको अध्यक्षमा डा. इन्दुल केसी, उपाध्यक्ष कृष्ण प्रजापति, सचिवमा कृष्ण किसी, कोषाध्यक्षमा कृष्णराम प्रजापति तथा सदस्यमा रेणु तगनाबासु, प्रताप मानन्धर र सीता लक्ष्मी प्रजापति चयन भएको केवि सम्राटले जानकारी दिए।

भेलामा सम्राटले संघको नारा ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु बारेमा जानकारी दिँदै संघको आवश्यकता, औचित्य उद्देश्यका साथ गतिविधिका बारेमा जानकारी दिएको थिए। उनले पछिल्ला दिनमा संघ संगठत विस्तारमा जोडतोडका साथ लागि परेको बताए। सो भेला डा. इन्दुल केसीको अध्यक्षतामा भएको थियो। भक्तपुर संघको २१ औं शाखा हो।

Related News

सम्बन्धित समाचार

hero news full width