Worldlink ads

‘विधान विपरित क्याम्पस प्रमुख नियुक्त’

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७६

उपकुलपतिले अधिकारको दुरूपयोग गर्दै गैर प्राविधिक व्यक्तिलाई प्रमुख नियुक्त गरेको आरोप लगाउँदै प्राध्यापकले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन्।

पोखरा, १५ वैशाख। वन विज्ञान अध्ययन संस्थान पोखराका तत्कालीन प्रमुख विरबहादुर खनाल अघिल्लो बर्षको जेठ २२ गते पदावधी सकिएपछि विदा भए।

उनको म्याद सकिनुभन्दा २ दिनअघि जेठ २० मै क्याम्पसका डिन प्राडा कृष्णराज तिवारीले तीनजनाको नाम क्याम्पस प्रमुखमा सिफारिस गरेर उपकुलपतिलाई पत्र पठाए।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार रिक्त रहेको पदमा कार्यकारि परिषदले ३ महिनाभित्रै प्रमुखको नियुक्ति गर्नुपर्ने हो। तर १० महिनासम्म निमित्त प्रमुखले क्याम्पसको कामकाज चलाए। उपकुलपतिले समयमै प्रमुख नतोकेपछि डिनले जेठ २३ गतेदेखि लागु हुने गरी उपप्राध्यापक ठाकुर सिलवाललाई निमित्त प्रमुखको जिम्मेवारी तोकिदिए।

हालसम्म उनै सिलवालले काम गरिरहेका छन्। तर गएको चैत २८ गते उपकुलपति तीर्थराज खनियाले डिनको सिफारिस बाहिरका ब्यक्तिलाई क्याम्पस प्रमुखमा नियुक्त गरिदिए, ३ महिनाको लागि। ‘डिनको सिफारिसमा प्राध्यापक विनोद हेंजु, उपप्राध्यापक विष्णु देवकोटा र ठाकुर सिलवालको नाम थियो। १० महिनासम्म निमित्त प्रमुखको रूपमा सिलवालजीले काम गर्नुभयो, प्रजातन्त्रबादी प्राध्यापक संघ वन क्याम्पसका सचिव विष्णुहरी वाग्लेले भने–अहिले एकाएक सिफारिस मै नपर्नुभएको प्रेमनारायण खनाललाई प्रमुखमा नियुक्त गर्नुभएछ। राजनीतिक दवावमा अन्याय भएको छ। यो हामीलाई मान्य छैन। ’

पोखरामा पत्रकार सम्मेलन गर्दै नियुक्तीप्रति असन्तुष्ट प्राध्यापकहरूले अवैध बाटोबाट क्याम्पस प्रमुख नियुक्त गरिएको आरोप लगाएका छन्। उनीहरूले गलत प्रक्रियाबाट गरिएको नियुक्ती खारेज गर्न माग समेत गरे। उपकुलपतिले अधिकारको दुरूपयोग गर्दै गैर प्राविधिक ब्यक्तिलाई प्रमुख नियुक्त गरेको आरोप लगाउँदै प्राध्यापकहरूले तत्काल निर्णय सच्याउन आग्रह गरेका छन्। ‘अहिले नियुक्ती पाएको ब्यक्ति पिएचडी पनि होईन। फरेष्ट्रीको प्राध्यापक पनि हुनुहुन्न, उनीहरू भन्छन्–सिफारिसमा परेको ब्यक्तिलाई नै नियुक्त गरेको भए हाम्रो आपत्ति थिएन। तर चोरबाटोबाट मान्छे ल्याएर प्रमुखमा नियुक्त गर्दा संस्थाको गरिमा जोगिँदैन। यो तत्काल सँच्याईयोस्। ’ उपकुलपति तीर्थ खनियाँ चाहीँ डिनको सिफारिस कार्यकारी परिषद्ले नमानेपछि आफ्नो अधिकार प्रयोग गरेर क्याम्पस प्रमुख नियुक्त गरेको बताउँछन्। ‘साथीहरूले क्याम्पसमा आँफु अनुकुलको प्रमुख खोज्नुभयो। हामीले त ६० वटा क्याम्पस हेर्नुपर्छ। पोखरामात्रै हेरेर हुँदैन, उनले भने–राष्ट्रिय राजनीति र कार्यकारी परिषद्को निर्णयलाई समेत ख्याल गरेर ३ महिनाको नियुक्ती दिईएको हो। ’ नव नियुक्त प्रमुख क्याम्पसमा सहायक डिन भएर काम गरिसकेकोले अयोग्य नभएको उनको दावी छ।

नवनियुक्त प्रमुख खनालले नियमानुसार नै आँफु नियुक्त भएको बताए। ‘त्रिविको नियमअनुसार तत्काल भिसिले नियुक्त दिने नभए परिषदले निर्णय गर्नुपर्ने थियो। त्यही ब्यवस्था अनुसार परिषद्को निर्णयले म प्रमुखमा नियुक्त भएको हुँ, उनले भने–प्रक्रियाको कुरा गर्ने हो भने उतिवेलै गलत थियो। हामीले ब्यक्तिका टिप्पणी गरेनौं। बरु सहयोग गर्यौं। त्रिविको ऐन विपरित १० महिना चल्यो। ब्यक्तिप्रति मेरो केही भन्नु छैन। संस्थागत त्रुटी भएकै हो। कार्यकारीले गरेको निर्णयलाई अवैध मान्नु नहुने उनले बताए। आँफु फरेष्ट्रीको प्राध्यापक नभएपनि प्रशासन चलाउन समस्या नहुने उनको तर्क छ।

स्नातकदेखि पिएचडीसम्मको पढाई हुने क्याम्पसमा विभिन्न देशका ५ सय हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन्।

Related News

सम्बन्धित समाचार

    • उमा माविलाई किरणको आर्थिक सहयोग

      आदर्श समाज सम्वाददाता माघ १३, २०७८
      पोखरा, १३ माघ । कास्कीको अन्नपूर्ण गाउँपालिका ८, दाङसिङको उमा माविलाई युवा व्यवसायी किरण गुरुङले आर्थिक सहयोग गरेका छन् ।…
    • सिटिइभिटीअन्तर्गतका परीक्षा स्थगित

      आदर्श समाज सम्वाददाता माघ १२, २०७८
      पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण…
    • एसइई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा

      आदर्श समाज सम्वाददाता माघ ९, २०७८
      पोखरा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ…
    • वैकल्पिक माध्यमबाट पठनपाठन गराउन निर्देशन

      रासस माघ ८, २०७८
      काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ…
    • पूर्वाञ्चल विश्वविद्यालयको पनि परीक्षा स्थगित

      आदर्श समाज सम्वाददाता माघ ७, २०७८
      पोखरा । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक मोहन…

    hero news full width