पोखरा महानगरपालिका वडा नं २० भलामको र्यालेचौर स्थित महेन्द्र माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रामशरण बस्नेतलगायत अतिथि र सहभागीहरू। तस्वीर : आदर्श समाज
पोखरा, १५ वैशाख। महेन्द्र मावि भलामले आफ्नो स्थापनाको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
प्राविधिक तथा व्यावसायिक धारतर्फ कृषिको बाली विज्ञान कक्षा ९ देखि नै अध्यापन गराउँदै आएको उक्त विद्यालय प्राविधिक तथा व्यावसायिक धारतर्फ माध्यमिक तह परीक्षामा कास्की जिल्लाकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइएको छ।
विद्यालयका प्रधानाध्यापक वामदेव पौड्यालले २०७४ सालको एसइइ परीक्षामा सम्मिलित २४ जना विद्यार्थीमध्ये १० जना ३.६ भन्दा बढी ३.९६ सम्म, १३ जना ३.२ माथि र बाँकी एक जना ३.०५ जिपिए हासिल गरी विद्यालयकै इतिहासमा उत्कृष्ट नतिजा हासिल गरेपनि कुनै निकायबाट त्यसको सम्बोधन नभएकोमा प्रधानाध्यापकले गुनासो व्यक्त गरे।
निजी विद्यालयबाट आफ्नो विद्यालयमा आउने क्रम बढेको दावी गर्दै पौड्यालले गत वर्ष विद्यालयमा नर्सरी देखी ११ कक्षासम्म कुल २८२ विद्यार्थी रहेकोमा यस वर्ष ३२ जना नयाँ विद्यार्थी थपिएको बताए। विद्यालयमा कृषि, कम्प्युटर, विज्ञान प्रयोगशालाका अतिरिक्त अत्याधुनिक शैक्षिक उपकरण र विधिको प्रयोग गरी अंग्रेजी माध्यममा शिक्षा प्रदान गरिएको प्रअले जनाए।
यसै वर्ष देखि कक्षा १२ का लागि दुई मा.वि. द्वितीय दरबन्दीका कृषि र विज्ञान विषयका गरी दुई जना शिक्षकको माग गरिने उनले जानकारी दिए। प्रअले विद्यालयमा गुणस्तरीय शिक्षाको लागि गत वर्ष चालिएका कदमहरू र यस वर्ष गरिने कार्यक्रमको फेहरिस्त पेश गरेका थिए। विद्यालयको आय व्यय समेत उक्त प्रतिवेदनमा समेटिएको थियो।
उक्त कार्यक्रममा प्रमुख अथिति गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतबाट विद्यालयलाई आवश्यक खानेपानी र अन्य पूर्वाधार विकासका लागि पूर्ण सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।
विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले महेन्द्र मा.वि.को विरासत धान्न सबै स्थानीयलाई आग्रह गर्दै सबैले आफ्ना बालबच्चा महेन्द्र मा.वि.मा पठाउन आग्रह गरिन।
पोखरा–२० का वडाध्यक्ष सीम बहादुर गुरुङले महेन्द्र मा.वि.लाई वडा नं २० कै नमूना विद्यालयको रूपमा विकास गर्न आफू विभिन्न रूपमा लागिपरेको बताए।
विद्यालयमा २६ जना पूर्णकालीन शिक्षक, २ जना आंशिक शिक्षक, २ जना कृषि तथा विज्ञान प्रयोगशाला हेर्ने कर्मचारी, ४ कार्यालय सहायक, एक राति कुरुवा, एक लेखापाल र एक बस चालक छन्।
शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा. बाबुराम ढुंगानाले प्राविधिक तथा व्यावसायिक धारतर्फ नमूना विद्यालय बनाउन हरसम्भव प्रयास गर्न आग्रह गरे।
कार्यक्रममा असल अभिभावकको रूपमा थिम बहादुर तामाङ, असल विद्यार्थीको रूपमा स्वेता पौडेल, असल कर्मचारीमा पुष्पा दहाल, वर्ष प्रशिक्षकको रूपमा सचिन भण्डारी र वर्ष शिक्षकको रूपमा अञ्जली बस्नेतलाई सम्मानित गरिएको थियो।
साथसाथै विद्यालयको पहिलो अक्षय कोष संस्थापक र विद्यालय परिसरको सरस्वती मन्दिर निर्माता पोखरा २० भलाम निवासी समाजसेवी तथा शिक्षाप्रेमी अर्जुन बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो।
त्यसैगरी विद्यालयका निवर्तमान माध्यमिक तहका शिक्षकलाई पनि निजको विभिन्न योगदानलाई स्मरण गर्दै सम्मान गरिएको थियो।
विद्यालयमा स्वर्गीय पिता देवीरमण र माता दयाकुमारीका नाममा वि.व्य.स.का पूर्व अध्यक्ष एवं वर्तमान समितिका सल्लाहकार चुडामणि पौडेल र उनका दाजुभाइ परिवार समेतबाट एक लाख पाँच हजार पाँच सय पचपन्न रूपैयाको अक्षयकोषका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष र प्रधानाध्यापकलाई चुडामणि पौडेलबाट रकम हस्तान्तरण भएको थियो। गरिब तथा असहाय विद्यार्थीको नियमित पठनपाठनमा सहयोग पुर्याउने उक्त पुरस्कारको लक्ष्य रहेको उक्त परिवारको अक्षयकोष स्थापनाको लक्ष्य रहेको जानकारी दिइएको थियो।
५९औं वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम, नाटक, विज्ञान प्रदर्शनी गरेका थिए। उक्त अवसरमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने तथा पूर्व प्राथमिक, आधारभूत तह र मा.वि. तहका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा मायाको चिनो वितरण गरिएको थियो।
एस इ इ २०७४ मा ३.९६ देखि ३.६ (ए प्लस) सम्म जिपिए ल्याउने १० जना विद्यार्थीहरूलाई प्रमुख आमन्त्रितद्वारा बधाईका साथ पुरस्कृत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
प्रदेश खेलकुद परिषद्को भवन उद्घाटन
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
स्याङ्जामा कर्मचारीको धर्ना
ढिकुरपोखरीमा तीजमेला हुने
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९