जिपको ठक्करबाट पौडेलको मृत्यु

rss रासस
वैशाख १६, २०७६

सुरुङ्गा, १६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालिझोडा सडक खण्डमा सोमवार विहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

पूर्बबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बेपत्ता श्रीपाली मृत फेला

नेपाल शिक्षक महासंघका अध्यक्ष पैडेललाई मातृशोक

दुर्घटनामा २ घाइते

प्रमुख समाचार

होमस्टेलाई परियोजनाका रुपमा लैजान चाहन्छौ– मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार