काठमाण्डौ, १६ वैशाख । इन्डोनेशियामा एप्रिल १७ मा भएको निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ।
निर्वाचन आयोगका प्रवक्ताका अरीफ प्रियो सुसान्तोका अनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो। उनका अनुसार १८ सय ७८ कर्मचारी बिरामी परेका थिए।
निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए । अत्यन्तै गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नुपरेको स्वस्थ बिग्रिएको जनाइएको छ।
झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो। १९ करोड ३० लाख मतदाता थिए। योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए।
आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपैयाँ अर्थात २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ। निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्ने जनाएको छ।
Related News
सम्बन्धित समाचार
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
हिन्दु राष्ट्र पुनस्र्थापना आवश्यक : लिङ्देन
कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि
अन्नपूर्णमा एमाले प्रशिक्षण
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९