संघीय संसदकाे अधिवेशन सामेवारदेखि सुरु

rss रासस
वैशाख १६, २०७६

काठमाण्डौ, १६ वैशाख । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले आब्हान गरेको संघीय संसदको बजेट अधिवेशन सोमवारदेखि सुरु हुँदैछ ।

संघीय संसद सचिवालयले सोमबार अपराह्न ४ बजे संसदको चौथो अधिवेशनको पहिलो बैठक बोलाइएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुका साथै त्यसमाथि छलफल गरेर पारित गरिन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्छ ।

त्यसअघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रचलन छ । यस वर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रमुख समाचार

बुद्धमूर्ति तोड्नेको पहिचानमा समस्या

थप प्रमुख समाचार

अनलाईन ढुवानी साधन अनुगमन प्रणाली अव्यवहारिक

बलिथुमका घर पहिरोको जोखिममा

बोनम्यारो क्यान्सरपीडितलाई सहयोग