पौडेललाई क्षतिपूर्ति दिन एक रुपैयाँ सहयोग अभियान

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७६
58384406_1270205569803695_2517882267557167104_n

बुटवल, १५ वैशाख । भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका नेकपाका महासचिव विष्णु पौडेललाइ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ रुपन्देहीले क्षतिपूर्ति दिन एक रुपैंया सहयोग अभियान सुरु गरेको छ।

बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग गर्दै नेविसंघ रुपन्देहीले आईतबार एक रुपैंया सहयोग अभियान सुरुगरेको हो। बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव, रुपन्देही क्षेत्र नं २ बाट निर्वाचित सांसद एवं पूुर्व अर्थमन्त्री विष्णु पौडेललाई क्षतिपूर्ति स्वरुप एक रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको हो।

आईतवारबार ६ सय ५५ रुपैंयाँ संकलन भएको नेविसंघ बुटवल वहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले जानकारी दिए। नेविसंघ रुपन्देहीे निर्वतमान सभापति सन्तोष डिसीको नेतृत्वमा बुटवलको ट्राफिक चोकमा एक रुपैंयाका दरले बटुवासँग उक्त रकम संकलन गरिएको हो। संकलित रकम ईलाका प्रसाशन कार्यालय बुटवल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलयमा पठाएको नेपाली काँग्रेसका नेता अजय रावतले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width