खुलामञ्चमा डोजर चल्यो

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७६
dojar

पोखरा, १४ वैशाख। काठमाडौं महानगरपालिकाले का8माडौं खुलामञ्चमा अनुमतिबिना निर्माण गरिएका सटरमा शनिबार डोजर चलाएको छ।

खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ–संस्थाले दबाब दिँदै आएपछि महानगरले जबर्जस्त डोजर चलाएको हो।

महानगरले लगातार ताकेता गरे पनि पसलेहरूले अटेर गरेपछि महानगर सो कदम चालेको महानगर उपप्रमुख हरि प्रभा खड्गीले बताइन्।

महानगरले संरचना भत्काउँदा पसलेहरूले असन्तुष्टि पोखेका थिए। महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको बताए। महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो। विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो।

खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर पसल सञ्चालन हुँदै आएका थिए। महानगरको डोजर चल्नु अघिसम्म त्यहाँका पसलमा ग्राहकको भीडभाड थियो।

काठमाडौं महानगरपालिकाले डोजर चलाइरहँदा कुनै पनि अवरोधको सामना गर्नुपरेन।

Related News

सम्बन्धित समाचार

hero news full width