पोखरा, १४ वैशाख। ब्र्ह्माकुमारी ईश्वरीय विश्वविद्यालय पस्र्याङ शाखाद्वारा सञ्चालन गरिने दिव्यदर्शन सरोवर एवं शान्तिउद्यान भवन शनिबार शिलान्यास गरियो।
प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको लभ्ली डाँडामा भवन शिलान्यास गर्दै विश्वशान्ति र मानवकल्याणका लागि भवन एवं पार्कको निर्माण छिट्टै सफल हुने बताए। उनले ईश्वरीय विश्वविद्यालयले गरेका कार्यको पनि प्रशंसा गरे।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले तनावमुक्ति, दुव्र्यसनमुक्ति र सकारात्मक जीवनशैलीका लागि निर्माणाधीन दिव्यशान्ति सरोवरको उद्देश्य सबैको सहयोगबाट अवश्य पूर्ण हुने विश्वास व्यक्त गरे।
संस्थाका निदेर्शक राजयोगिनी परिणीता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसदद्वय प्रभा कोइराला र राजीव पहारी, राजयोगिनी सावित्री, ब्रह्माकुमारी अप्सरा, संस्थाका महासचिव शैलेषराज बरालले मन्तव्य गरेका थिए।
कार्यक्रममा भवन निर्माण समिति सचिव धनञ्जय पौडेलले स्वागत र राजयोगिनी सुधाले धन्यवाद ज्ञापन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
लाङ्दी तमु समाजमा बालकृष्ण
अल नेपाल होमियोप्याथिक एसोसिएसनमा खगेन्द्र
hero news full width
मुख्य समाचार
सुदूरको सिंहदरबार : सरकार त पुग्याे, विकास भने आकाशकै फलजस्तो
प्रकाशकीय : अबिराम अविचलित यात्रा
वैशाख १, २०७८एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
चैत्र ३१, २०७७भ्याक्सिनले मात्रै कोरोनालाई हराउन सकिन्छ भन्ने नसोचौं : डब्लुएचओ प्रमुख
चैत्र ३१, २०७७बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो
चैत्र ३१, २०७७सरकार ढाल्न कांग्रेसले बटुल्यो हस्ताक्षर, जनमाेर्चाले निर्णय दिन सकेन
चैत्र ३१, २०७७