पोखरा, १४ वैशाख । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखरा र पाल्पा साहित्य समाजको संयुक्त आयोजनामा शनिवार पोखरामा ‘सम्झनामा पोखरेली सर्जक’ र ‘बालकेलि’ कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
पाल्पाका साहित्यप्रेमी राजेन्द्रगोपाल सिंहले संयोजन गरेको ‘सम्झनामा पोखरेली सर्जक’ कृतिको लोकार्पण वरिष्ठ कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले गरेका हुन् । केशवप्रसाद रेग्मीको खण्डकाव्य ‘बालकेलि’ को लोकार्पण प्रतिष्ठानका पूर्व अध्यक्ष प्रा.डा. विष्णुप्रसाद पौडेलले गरेका थिए ।
२०३५ मा टिकटमा मुक्तक कार्यक्रमदेखि नै पाल्पासँगको पोखरेली सम्बन्धको स्मरण गर्दै प्रमुख अतिथि तीर्थ श्रेष्ठले पोखरेली स्रष्टा र सिर्जनाका बारेमा पत्रिकाबाट सङ्कलन गरिएका सामग्री झट्ट हेर्दा सामान्य देखिए पनि तिनको ठुलो ऐतिहासिक महत्व रहेको धारणा राखे ।
सङ्कलक स्रष्टाहरूको संरक्षक पनि हो र यस्ता काम एकेडेमीले गर्नुपर्नेमा एउटा व्यक्तिले गर्नु आपैmमा महत्वपूर्ण कार्य हो ।’ कृतिमाथि टिप्पणी राख्दै प्रतिष्ठानका संस्थापक सदस्य वेदहरि तिमिल्सिनाले पोखरेली साहित्य, कला, पर्यटन, संस्कृति, पत्रकारिता आदि विषयमा जान्न खोज्नेका लागि कृति महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
कृति संयोजन गर्नुको प्रयोजनमाथि चर्चा गर्दै संयोजक राजेन्द्रगोपाल सिंहले यो कामलाई आपूmले कर्तव्यका रूपमा लिएको बताए । त्यस्तै ‘बालकेलि’ खण्डकाव्यमाथि टिप्पणी गर्दै प्रतिष्ठानका निवर्तमान अध्यक्ष डा. जगन्नाथ रेग्मीले खण्डकाव्यले एकपटक हामीलाई आफ्ना बाल्यकालीन अनुभूति दिलाउने विचार व्यक्त गरे ।
खण्डकाव्यका स्रष्टा केशव रेग्मीले आफ्नो रचनागर्भ प्रस्तुत गरेका थिए भने कार्यक्रममा प्रा.डा. शालिग्राम सुवेदी, मदनराज थापा, कल्याण पन्त, भोजराज भट्टराई, डिल्लीराम कार्की, श्रीराम अधिकारी, भरत पोखरेल र राजेन्द्रगोपाल सिंहले रचना वाचन गरेका थिए ।
आयोजक पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले पोखरासँग जोडिन पाएर साहै्र खुसी लोगेको धारणा राखे । प्रमुख अतिथिबाट रचना वाचन गरी उद्वघाटन गरिएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेलले स्वागत मन्तव्य तथा १०औँ वर्ष प्रवेशका अवसरमा प्रकाशित भित्तेपात्रोका बारेमा चर्चा गरेका थिए ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष डा। भूमिराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव कृष्णप्रसाद त्रिपाठीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९