लमजुङ, १४ बैशाख । लमजुङको जिल्ला सदरमुकाम स्थित एक दर्ता समेत नगरिएको किराना पसलको गोदाम भरी म्याद गुज्रेका सामग्री फेला परेको छ । जिल्ला अनुगमन टोलीले ती सबै सामग्री बरामद गरी नष्ट गरेको हो ।
बेसीशहर नगरपालिका– ३ मूलपानीस्थित सुरज किराना स्टोर्सको गोदामका अधिकांश खाद्य सामग्री म्याद गुज्रेको अवस्थामा भेटिएको जिल्ला अनुगमन अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए । उनका अनुसार गोप्य सूचनाका आधारमा छापा मार्दा म्याद ती सामग्री भेटिएको हो । ‘गोदाममा रहेका ९९ प्रतिशत खाद्य सामग्रीको म्याद गुज्रिएको भेटियो’ उनले भने, ‘अनुगमन टोलीले पहिलो दिन गोदाम सिल ग¥यौं र भोलिपल्ट गएर सबै सामग्री उठाएर ल्याएका हौं ।’
ती सामग्री जिल्लाको दुर्गम क्षेत्रतिर पठाउनका लागि त्यसरी राखिएको अनुमगन टोलीले आंकलन गरेको उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष डम्बर अधिकारीले बताए । उनका अनुसार उक्त पसलको दर्ता समेत रहेन छ । सो पसललाई तीनदिन भित्र पसल दर्ता गर्न चेतावनी दिइएको सप्रजिअ सुनारको भनाई छ ।
अनुगमनको क्रममा पुतली श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका रौतहट जिल्ला बौदिमाई नगरपालिका– ७ घर भएका रामकिशोर राउतको गोदाममा म्याद गुज्रेका सामान फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो गोदाममा फेला परेका सामग्रीमा क्यान्टी मिठाई र चुइगम ४ सय ६५ बट्टा, जेली चकलेट ९१ वटा, मिट मसला ६५ माला, किन्डर जोय ४० पोका, जेम्स चकलेट ४० पोका, पान्डा किन्डरजोय ४० जार म्याद गुज्रेको भेटिएको सहायक प्रजिअ सुनारले जानकारी दिए । उनका अनुसार अन्य सामग्रीमा भुटेको चना केराउ २० माला, हाजमोला २० बट्टा, ट्यांक ४५ पोका, मोटुपत्लु ३० बट्टा, काँचा आप २७ पोका, चोकोबार चकलेट २५ प्याक, कफि क्यान्डी २० पाउच, पोलो मिठाई ५ बट्टा र ललिपप मिठाई १ कार्टुन बरामद गरी नष्ट गरिएको छ ।
बैशाख २ गतेबाट गोदाम सञ्चालन गरेको जानकारी दिँदै गोदामका सञ्चालक रामकिशोर राउतले पोखरामा एक व्यवसायीको पसल किनेको र ल्याउँदा म्याद गुज्रेको परेको बताए । उनका अनुसार ती खाद्य सामग्री साँढे २ लाख ?पियाँ बराबरका हुन् । आफैंले गाउँगाउँ लगेर विक्री गर्ने योजना बनाएको तर प्रशासनले सामग्री उठाएर नष्ट गरी दिएको राउतको भनाई छ ।
लमजुङ उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल प्रहरी तथा सञ्चारकर्मीहरू लगायतको संयुक्त टोलिले बजार अनुगमन गरेको हो । बरामद गरिएका सामग्री अनुगमन कर्ताहरूको रोहबरमा नष्ट गएको प्रनाउ यादव ढकालले बताए । उनका अनुसार उक्त गोदाममा गई म्याद गुज्रेका सबै सामान जफत गरिएको छ ।
लमजुङ उद्योग वाणिज्य संघले पटक पटक करको दायरामा ल्याउन खोज्दा पनि कयौँ व्यवसायीहरू दायरामा ल्याउन नसकिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । उनका अनुसार जिल्लामा दर्ता नभएका पसलको संख्या दुई हजारको हाराहारीमा रहेको अनुमान छ ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
नौमती बाजाः जीतको पर्याय
गण्डकीमा दलित नेतृत्व २ मात्रै
hero news full width
मुख्य समाचार
रामचन्द्र पाैडेलकाे गृहनगरमा वैकुन्ठ न्याैपाने विजयी, एमाले–स्वतन्त्र गठबन्धनका जाेशीकाे प्रयास सफल भएन
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
जेठ ८, २०७९स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
जेठ ८, २०७९एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाकाे वडामा कांग्रेसले जित्याे वडाध्यक्ष
जेठ ८, २०७९धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी
जेठ ८, २०७९पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
जेठ ८, २०७९