सरिता कोठा भित्र मृत भेटिइन

रासस
वैशाख १४, २०७६
susite

बनेपा, १४ वैशाख । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । दुलाल घरको कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।

मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल प्रहरी पुगेको थियो ।

उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका दुलाललाई मदनदेउपुर नगरपालिका–२ बालुवापाटीबाट शनिवार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width