बुटवल, १३ वैशाख । सवारी दुर्घटनामा परेर बर्षेने देशैभरी हजारौको संख्यामा मृत्यु र त्यो संख्या भन्दा घाइते हुने गरेका छन् । बढ्दो सवारी दुर्घटना घटाउनकै लागि ट्राफिक प्रहरीले ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम शुरु गरेको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले एक हप्ते अभियान अन्तरगत सडक प्रयोगकर्ता र सरोकारवाको सहकार्यमा ‘ठाउँको ठाउँ सुधार’ कार्यक्रम सुरु गरेको हो ।
साताव्यापी कार्यक्रमबाट दुर्घटना दर प्रतिमहिना ८७ लाई घटाएर ५० मा ल्याउने, घाइते हुने दर प्रतिमहिना ७ सय २ जनाबाट पाँच सयमा झार्ने र मृत्युदर प्रतिमहिना ४८ जनाबाट ३० जनामा झार्ने लक्ष्य रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । ।
उक्त अवधिमा बजार चोक क्षेत्रमा सवारी चालकलाई स्पिड कन्ट्रोल गराउने, पैदल याबुलाई जेब्रा क्रसबाट मात्र बाटो काट्न लगाउने, सवारी साधनलाई सडकको दाहिने किनारबाट हिँड्न लगाउने, चालकलाई मोबाइल फोन प्रयोग नगर्न, सिट क्षमता भन्दा बढी यात्रु नराख्न, हेलमेट तथा सिट बेल््टको प्रयोग गर्न, व्यवस्थित पार्किंङ गर्न, सवारी साधनमा फोहोर राख्ने डस्टबिन राख्न लगाइने छ ।
यस्तै ट्राफिक जनचेतनासम्बन्धी पर्चा पम्प्लेट वितरण, पैदल यात्री तथा सर्वसाधारणलाई सडक प्रयोग गर्ने बिधि सिकाउने, सवारी दुर्घटना तथा क्षति न्युनीकरण, सुधार एवं प्रवद्र्धन २०७६ समिति गठन र कार्यक्रमको तर्जुमा लगायत गतिविधि गरिने छन् ।
सडक प्रयोगकर्ता स्वयंसेवकहरुलाई सडकमा सहभागी गराई व्यानर तथा ट्यागहरु लगाएर ‘म तीव्र गतिमा बाइक चलाउँदैन’, ‘मैले सधैं हेलमेट प्रयोग गर्नेछु’, ‘दुई जनाभन्दा बढी चढाउँदैन’, मापसेगरी सवारी चलाउँदैन’, ‘लेन अनुशासन पालना गर्छु’, ‘सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दिनँ’, ‘सवारीको स्वरुप परिवर्तन गर्दिनँ’ जस्ता प्रतिवद्धता प्रदर्शन गरिने प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा प्रदेश ५ का जिल्लाहरुमा ६ सय ९७ वटा सडक दुर्घटना भएका छन । यी दुर्घटनामा परेर ३ सय ८४ जनाको ज्यान गएको र ६ सय ४२ जना गम्भीर घाइते भएका छन । सबैभन्दा बढी दुर्घटना रुपन्देहीमा भएका छन ।
ट्राफिक प्रहरीले यसअघि दुर्घटना न्यूनीकरणकै लागि तीव्र गति नियन्त्रण गर्न राडार गनको प्रयोगबाट सवारीसाधनको गति मापन, जथाभावी पार्किङ रोक्न ‘चेन लक’ अभियान, लामो दुरीमा दुईजना चालक अनिवार्य, ट्राफिक कम्युनिकेसन एप्लिकेसन प्रयोग, राजमार्गहरुमा रिफ्रेस सेन्टर सञ्चालन जस्ता कार्यक्रम गर्दै आएको प्रदेश ट्राफिक प्रहरी प्रमुख चन्दले बताए ।
Related News
सम्बन्धित समाचार
जिप दुर्घटनामा ७ जना घाइते
२०९ को मृत्यु, २९ अझै बेपत्ता
हायस दुर्घटना हुँदा ११ घाइते
बाढी र डुबानमा देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता
नवलपुरको ठाउँठाउँमा डुबान
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१