कफीबाट मनग्य आम्दानी

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७६
Nueva Segovia

फाइल तस्बिर

स्याङ्जा, १२ वैशाख।  ब्युटीफूल कफी नेपालको आयोजना तथा जिल्ला कफी सहकारी संघको समन्वयमा कफी किसान र सरोकारवालाबीच अन्र्तक्रिया भएको छ। कार्यक्रममा कफी किसान, सहकारी, ब्यापारी र वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता थियो।

कृषि ज्ञान केन्द्रका वागबानी अधिकृत सञ्जीव सुवेदीले स्याङ्जामा कफीको उत्पादन राम्रो हुने भएको हुँदा किसानले नगदे बालीका रुपमा कफीलाई विस्तार गर्नुपर्ने बताए। कफी रोपेर उपयोगविहीन जग्गाबाट आर्थिकपोर्जन गर्न सकिने बताए।  सो अवसरमा राष्ट्र बैंक पोखराका उपनिदेर्शक ऋतुनाथ लम्साल र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रमुख भरतराज ढकालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै ग्रामिण क्षेत्रमा सहकारी विस्तार गर्दै उत्पादनमा जोड दिनुपर्ने बताए।

जिल्लास्थित कफी किसानले सहुलियत ऋण, लगानी, परिचालन र कफी व्यावसायिकतासम्बन्धी जिज्ञासा राखेका थिए।  जिल्ला कफी सहकारी संघका अध्यक्ष फणिनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यूटिफुल कफी नेपालका कार्यक्रम संयोजक दीपेन्द्र अर्यालले स्वागत एवं ब्यवस्थापक माया तिवारीले संचालन गरेकी थिइन्।

स्याङ्जा लगायत पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान कार्यक्षेत्र रहनेगरी यसैवर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण कफी सुपरजोन परियोजना लागू भैसकेको छ। गुल्मीमा कार्यालय स्थापना गरी ५ जिल्लालाई हेर्ने गरी परियोजना लागू गरिएको हो। स्याङ्जामा २०५६ सालदेखि व्यावसायिक रुपमा कफी खेती शुरु गरिएको हो। गत वर्ष स्याङ्जाले कफीबाट झण्डै २ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width