पोखरा, १२ वैशाख। सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका ५, डोटेलकुनास्थित गाउँफर्क आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ।
वडा ५ का सदस्य राधा बसौलाको प्रमुख आतिथ्यमा विद्यालयका २९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।
कार्यक्रममा बसौलाले क्लबले रुपा गाउँपालिका केन्द्रित भई शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यको प्रशंशा गरिन्।
क्लब अध्यक्ष विनोदप्रसाद श्रेष्ठले सरकारी तथा सामुदायिक विद्यालयमा बालबालिकाहरुको संख्या वृद्धि गर्न र शैक्षिक अधिकार सुनिश्चितताका लागि क्लबले विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए। उनले सरकारको विद्यालय भर्ना अभियानलाई सहयोग गर्ने हेतुले गरिएको सो सहयोगले सरकारी विद्यालयमा विद्यार्थीको उपस्थितिथ बढ्ने अपेक्षा गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तरकुमार जोशी र विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बसौलाले क्लबको शैक्षिक क्षेत्र सुधारका कार्यक्रमको प्रशंसा गरे।
कार्यक्रम संचालन क्लब सचिव प्रमोदनारायण श्रेष्ठ र स्वागत मन्तव्य प्रथम उपाध्यक्ष पार्वती माकाजूले व्यक्त गरेकी थिइन्। सो अवसरमा निवर्तमान अध्यक्ष रवि मर्सानीले कार्यक्रमबारे प्रकाश पारेका थिए। एजेन्सी
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९