वीस हजार घुस सहित चौधरी पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६

बुटवल, १२ वैशाख । मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार कायार्लयले जनाएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width