पोखरा विश्वविद्यालयको परीक्षा संचालनमा आउने

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६
pu-Pokhara-University

पोखरा, १२ वैशाख । तीन पटकसम्म स्थगित पोखरा विश्वविद्यालयको सवै संकायको परीक्षा यही वैशाख १६ गतेवाट संचालन हुने भएका छन् ।

पोखरा विश्वविद्यालयबाट ४२ कलेजले मापदण्ड विपरित विद्यार्थी भर्नाको विवादका कारण पूर्ब निर्धारित परीक्षा तालिका स्थगित भएको थियो ।

योग्यता नपुगेका विद्यार्थीलाई विश्वविद्यालयले निर्धारण गरेको मापदण्ड विपरित भर्ना दिन नहुने भन्दै स्वतन्त्र विद्यार्थी युनियन सहितका विद्यार्थी संगठनहरुले बिरोध गर्दै आएका थिए ।

विद्यार्थी योग्यता मापदण्डको बिषयमा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद् बैठकले निर्णय लिएपछि परीक्षा तालिका सार्वजनिक भएको हो । ११ र १२ उत्तिण विद्यार्थीले विश्वविद्यालयमा भर्ना हुन सी ग्रेड ल्याउनु पर्ने निर्णय बैठकले गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width