मोटरसाइकल चोर पक्राउ

रासस
वैशाख १२, २०७६
26_10_2018-bikethief_18572650_112235579

गौशाला, १२ वैशाख । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ ।

पक्राऊ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–४ बस्ने बलेश्वर मुखिया र गौशाला नगरपालिका–४ बस्ने रञ्जीत सहनी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

प्रहरीले मुखियालाई औरही नगरपालिका–४ कठुधार बजारमा ज६प १७३४ नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा जाँच गर्दा बुधबार साँझ पक्राऊ गरेको हो । सो मोटरसाइकल औरही नगरपालिका–५ बस्ने रामविनय मुखियाको रहेको छ । जुन गत भदौ महिनामा हराएको थियो ।

त्यस्तै सहनीलाई बीआर ३० एस ०६२९ नम्बरको भारतीय नम्बरको चोरीको मोटरसाइकल चढेको अवस्थामा सोही स्थानबाट पक्राऊ गरिएको हो । सो मोटरसाइकल जिल्लाकै सम्सी बजारको बाटोमा पार्किङ गरिराखेको अवस्थामा चोरी भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width