न्यायधीश नियुक्ति सच्चाउन माग

रासस
वैशाख १२, २०७६
sarbochcha-adalat

काठमाण्डौ, १२ वैशाख । सर्वोच्च अदालतको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले सर्वोच्च अदालत र उच्च अदालतमा गरिएको न्यायाधीश नियुक्ति सच्याउन माग गरेको छ ।

युनियनका अध्यक्ष प्रकाश पराजुलीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा असक्षम, अयोग्य र कनिष्ठलाई न्यायाधीश नियुक्ति गरेको भन्दै निर्णय सच्याउन माग गरिएको हो ।

न्याय परिषद्ले सर्वोच्च र उच्च अदालतमा सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो। सबै न्यायाधीशले काम समेत शुरु गरिसकेका छन्। युनियनले आफ्ना माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

अन्य मागमा २०७५ साउन महीनादेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, सेवाग्राहीको समयमा सेवा पाउने अधिकारलाई ग्यारेन्टी गर्न साप्ताहिक र दैनिक कजलिष्टमा मुद्दाको ज्येष्ठताको आधारमा सुनुवाइ हुने निश्चित गर्नुपर्ने, कार्यालय समय १०–५ गर्नुपर्ने माग रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width