सडक शिलान्यासपछि औपचारिक कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित आमन्त्रित व्यक्तिहरु। तस्वीर : प्रकाश ढकाल/आदर्श समाज
पोखरा, ११ वैशाख। बेगनास–भोर्लेटार सडक स्तरोन्नति थालिएको छ। ट्रयाक खुलेको तीन दशकपछि सो सडक स्तरोन्नति गर्न लागिएको हो।
बेगनासतालबाट तालवेशीसम्मको सडक यसअघि नै ओटासिल गरिएको छ। तालवेशीदेखि लमजुङ सीमानासम्मको सडक कालोपत्रे गर्न प्रदेश सरकारले २६ करोड रुपैयाँ विनियोजन गरेको छ। ‘प्रदेश सरकारलाई धेरैले चिनेका थिएनन्। संघीयताको मर्म बुझेका थिएनन्, ’ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने, ‘यो बाटो पक्की बनाएर प्रदेश चिनाउँछौं। हाम्रो विकास यहीँबाट शुरु हुन्छ। ’
सडक स्तरोन्नतिका लागि शिलान्यास गर्न मुख्यमन्त्रीसँगै लमजुङको सीमाना पिप्ले पुगेका बस्नेतले विकासका पूर्वाधारको सही उपयोग हुनुपर्ने बताए। ‘सडक बनाएर, काठको पोल फेरेर, धारामा पानी ल्याएर, स्कुल बनाएर हामी समृद्धि गाउँबाट शुरु गदैर्छौं। हामी विकास ल्याउछौं, तपाईं उत्पादन गरेर बजार पठाउनुस्, ’ उनले थपे, ‘ढुक्क हुनुस्। समाज रुपान्तरण गरेरै छाड्छौं। प्रदेश समृद्ध बनाएरै छाड्छौं। ’
सडक शिलान्यासपछि बोल्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार विकासका लागि हातेमालो गर्न तयार रहेको बताए। संघ सरकारबाट बजेट र सडक हस्तान्तरण भएपछि यसको काम प्रदेशले अघि बढाउन लागेको हो। ‘सडक बन्छ। पुल पनि बन्छ। सरर गाडी आउने बाटो हामी बनाउँछौं, ’ गुरुङ भन्छन्, ‘गाडी आएपछि पोखरा के पठाउने त्यो योजना अहिले नै बनाउनुस्। कृषि उत्पादनमा ध्यान दिनुस्। ’
आगामी २७ महिनाभित्रमा सडक कालोपत्रे गरेर ठेकेदार कम्पनीले सरकारलाई हस्तान्तरण गर्नेछ।
पक्की पुल बनेपछि लेखनाथ र भोर्लेटार यात्रा पनि छोटिनेछ। करिब १२ किलोमटिर सडक कालोपत्रे गर्ने कामको जिम्मा महालक्ष्मी कञ्चनजंघा जेभीले पाएको छ। गएको चैत १८ गते ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेर प्रारम्भिक काम समेत शुरु भैसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले जानकारी दिए। उनका अनुसार बाटोमा ७ मिटर चौडा पीच हुनेछ भने ड्रेनसहित १० मिटर फराकिलो सडक बन्नेछ। पूर्ण गुणस्तरसहितको सडक तयार गरेर समयभित्रै हस्तान्तरण गर्ने ठेकेदार कम्पनीका प्रमुख सञ्जय हिराचनले प्रतिबद्धता जनाए। ‘बर्खा अघि नै सामान ल्याइसक्छौं। कन्ट्याक्टर क्याम्प बनिसकेको छ, ’ उनले भने, ‘यो वर्ष प्रारम्भिक काम सकेर अर्को आर्थिक वर्षबाट धमाधम कालोपत्रेको पूर्वाधार बनाउँछौं। तोकिएको समयमै सडक तयार हुन्छ। ’
प्रतिनिधिसभा सांसद खगराज अधिकारी पनि विकासको लहर गाउँमा छिरेको भन्दै गाउँ नछोड्न गाउँलेलाई आग्रह गर्छन्। ‘पहिले सुविधाको खोजीमा भएका जग्गा बेचेर जानुभो। अब हामी विकास लिएर गाउँ छिरिसक्यौं, ’ उनले भने, ‘हेर्दै जानुस्, केही वर्षपछि यो ठाउँमा आफ्नै जग्गा किन्न नसक्ने गरी महँगिन्छ। हामी त्यति छिटो विकास ल्याउँदै छौं। ’
त्यस क्षेत्रका सांसद एवं प्रदेशको अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले निरन्तर अनुगमन गरेर बाटोलाई प्रदेशकै नमूना बनाउने बताए। ‘चुनावअघि धेरै कुरा भनेर गयौं। चुनावपछि अब काम गर्ने हो, ’ उनले भने, ‘यो बाटोलाई देखाएर धेरैले भोट माग्ने एजेण्डा बनाए। अब अर्को पटक आउँदा धुलो उडाउँदै भोट माग्न आउँदैनौं। समयमै काम हुन्छ। ’
यो सडकको सबै भाग रुपा गाउँपालिकामा पर्छ। यसअघि साविकको जिल्ला विकास समितिले पनि यो सडकलाई रणनीतिक सडकको रुपमा बजेट विनियोजन गरेर काम अघि सारेको थियो।
रुपा गाउँपलिका अध्यक्ष नवराज ओझाले देशको समृद्धि गाउँको विकासबाट हुने बताए।
Related News
सम्बन्धित समाचार
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
प्रशासनको सेवा ४ दिन स्थगित
शिक्षकलाई कम्प्युटर तालिम
पानी परे पनि रोकिएन घरदैलो
गण्डकीको आगामी बजेट : आयात रोक्ने, रोजगारी बढाउने
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९