फुटबल उपाधि देउराली युवा क्लबलाई

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७६
Nepal-players-celebrate-after-defeating-India-2-1-in-SAG-mens-football-finals

लमजुङ, ११ बैशाख । लमजुङको पूर्वीक्षेत्रमा आयोजना गरिएको खुल्ला फुटबल प्रतियोगिताको उपाधी देउराली युवा क्लव राइनास नगरपालिका– ६ स्थित आपँचउरले हात पारेको छ । सो प्रतियोगिता राइनास नगरपालिका– ५ तिनपिप्लेमा सञ्चालन गरिएको हो ।

प्रतियोगिताको फाइनल खेलमा राइनास– ४ को सातवीसे युुुवा क्लवलाई एक गोलका विरुद्ध दुई गोल गर्र्दै देउरालीले उपाधि जितेको आयोजक सनराइज युथ क्लवका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । उनका अनुसार विजेता देउराली लाई नगद ५१ हजार, ट्रफि, मेडल र प्रमाप्रत्र प्रदान गरिएको छ ।

यसैगरी, उपविजेता सातविसेले नगद ३१ हजार, मेडल र प्रमाणपत्र दिइएको छ । सो प्रतियोगितामा सेमिफाइनलमा पुग्न सफल सभ्य सृजनशील युवाक्लव स्याउली लमजुङ र दोभान एकता युवा क्लव पालुङटार गोरखालाई पनि पुरस्कृत गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडिको उपाधि सभ्य सिर्जनशील युवा क्लबका आशीस लामाले र उत्कृष्ट गोलकर्ताको उपाधि देउरालीका सुमनले हात पारेको आयोजकको भनाई छ ।

राइनास नगरपालिका मेयर सिहंवहादुर थापाले प्रतियोगिताको समापनमा विजयी टिम तथा खेलाडिलाई पुरस्कार वितरण गरेका हुन् । उनले उत्कृष्ट खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि नगरपालिका क्षेत्रमा सञ्चालन गरिने खेलकुदका गतिविधिमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ वर्षको अवसरमा सनराईज युथ क्लवले प्रतियोगिताको आयोजना गरेको हो । सो प्रतियोगितामा लमजुङ सहित गोरखा, तनहँु, कास्की र चितवनका २६ टिमले भाग लिएको सनराइज युथ क्लवका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width