तालुकान, ११ बैशाख । अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् ।
सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ ।
सरकारी सुरक्षा अधिकारीहरुले जारी गरिएको विज्ञप्तिमा दासत–ए–काला जिल्लामा तालिबान लडाकूविरुद्ध जारी यस भीषण कारबाहीमा परी तालिबान लडाकूका जिल्ला कमाण्डर रजाकसहित १७ सशस्त्र तालिवान लडाकू मारिएको उल्लेख छ ।
यस कारबाहीको क्रम तालिबान लडाकू समूहले कब्जा गरी राखेका कैयौं गाउँहरु पुनः नियन्त्रणमा लिएको बताइएको छ । सो इलाकामा लडाकू विमानद्वारा कारबाही जारी राखिएको छ ।
गत हप्ता दासत जिल्लामा रहेको सुरक्षा शिविरलाई नियन्त्रणमा लिएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन् । यसैबीच, संयुक्त राष्ट्रसंघले सन २०१९ को शुरुका तीन महिनाको अवधिमा अफगानिस्तानमा पहिलो पटक तालिबान लडाकू र अन्य आतङ्ककारी समूहको आक्रमणमा भन्दा बढी अमेरिकाआबद्ध र सरकारी सेनाको कारबाहीमा परी सर्वसाधारणको ज्यान गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्रसंघद्वारा बुधबार जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय र सरकारी सुरक्षाफौजबाट ज्यान गुमाउनेको अफगानीको संख्या ३०५ पुगेको छ । विदेशी र सरकारीफौजबाट सर्वसाधारणको ज्यान जानुको प्रमुख कारण हवाई आक्रमण भएको पनि प्रतिवेदनमा खुलाशा गरिएको छ ।
यस्तै, सोही अवधिमा तालिबान लडाकू र अन्य आतङ्ककारीहरुको आक्रमणका परी २२७ जना सर्वसाधारणको ज्यान गएको छ ।
Related News
सम्बन्धित समाचार
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
बागलुङमा ३ वर्षमा सवारी दुर्घटनामा ४० को मृत्यु
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१