वालिङ, ११ वैशाख । स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।
“गत चैत १ गतेदेखि २०७६ वैशाख ६ गतेसम्म सूचना जारी गरेका थियौँ”, प्रवक्ता भण्डारीले भने “उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैध भरुवा बन्दुक नियन्त्रणमा आएको छ ।”
स्याङ्जाको बिरुवा गाउँपालिकाबाट अवैध भरुवा बन्दुक प्रयोगकर्ता दुई जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिरुवा गाउँपालिका–३ का थमनसिंह थापामगर र सोही ठाउँका थामबहादुर थापालाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात्त अदालतमार्फत दुवैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।
बिरुवा गाउँपालिकाका–३ स्थित सिउँदी कुथर भन्ने स्थानतर्फ जाँदै गर्दा थमनसिंहले बोकेको अवैध भरुवा बन्दुक पड्कन गई निजकै कोखामा लागेर घाइते भएका थिए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१