धुलिखेल माउण्टेन रिसोर्टमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७६
20190424_115029

पोखरा, ११ वैशाख । मुक्तिनाथ विकास बैंकका भिजा डेविट कार्ड भएका सबै ग्राहकले काभे्र जिल्लाको पर्यटकीय स्थल धुलिखेल स्थित माउण्टेन रिसोर्टबाट विभिन्न सेवा सुविधामा दश प्रतिशत सम्मको विशेष छुट दिने भएको छ ।

मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच त्यस्तो सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र धुलिखेल माउण्टेन रिसोर्टको तर्फबाट बिक्री तथा बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरेका हुन् । यस सुविधाबाट बैंकका भिजा डेविट कार्ड भएका सम्पुर्ण सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width