ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

रासस
वैशाख ११, २०७६
RRTcrash

राजविराज, ११ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको बुधवार घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमिल्सेनाले बताए । सोही दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् ।

उनीहरुको अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित मोहली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन भने ट्र्याक्टर सडकको छेउमा पल्टेको छ । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा तत्काल नम्बर नखुलेको औनटेस्ट ट्र्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित सितापुरमा दुर्घटनामा परेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width