प्रवासीद्वारा विद्यालयलाई पाँच लाख

रासस
वैशाख ११, २०७६
tikot_elibrary_building

बेनी, ११ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न राम्चे घर भई हाल बेलायतमा रहेका स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गरेका हुन् ।

दिवङ्गत मातापिताको स्मृतिमा मोहनबहादुरकी श्रीमती कृष्णकुमारी, भाइ डिलबहादुर, छकबहादुर, गमबहादुर र बहादुर पुर्जाका परिवारको तर्फबाट संयुक्त पाँच लाख सहयोग प्रदान गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width