मोटरसाइकल दुर्घटनामा चौधरीको मृत्यु

रासस
वैशाख ११, २०७६
accident

इनरुवा, ११ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा–६ घोपाली टोलमा मङ्गलबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको निधन भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–१ झुम्काका २६ वर्षीय उमेश चौधरी छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १२३६ नंको ट्रकले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को५प ५०३३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक चौधरी र पछाडि सवार उदयपुर गाईघाट नगरपालिका–१३ पुरानो बजारका २० वर्षीय सङ्गम राई घाइते भएका थिए ।

गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते राईलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । ट्रक र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width