डडेल्धुरामा बस दुर्घटना पाँचको मृत्यु

रासस
वैशाख ११, २०७६
Bus-accident-Khotang-1

डडेल्धुरा, ११ वैशाख । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुवाहक बस डडेल््धुराको साउखर्क नजिक बुधवार बिहान ५.३० बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

क्षमता भन्दा बढी यात्रु बोकेकै कारण बस दुर्घटना भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । बसमा खाद्य सामग्री र व्यापारिक प्रयोजनका सामग्रीका साथै अत्याधिक यात्रु रहेको प्रहरीको भनाई छ ।

घाइतेहरुलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्वारकार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीय सर्वसाधारण खटिएका छन् । मृततको नाम खुलिसकेको छ्रन । घाइतेहरुको संख्या धेरै रहेको जिल्ला प्रहरी कार्यालय डड्ल्धुराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width