पोखरा, १० वैशाख। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा सम्पन्न प्याराग्लाइडिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन भएको छ।
पोखरामा सम्पन्न प्रतियोगितामा नेपाल आर्मी ४ स्वर्ण र ४ रजत पदक प्राप्त गरी च्याम्पियन बनेको हो।
गण्डकी २ स्वर्ण १ रजत र ४ काश्य पदक हात पार्दै दोश्रो स्थान ओगटेको छ भने प्रदेश १ एक रजत र १ काश्य पदकका साथ तेश्रो र प्रदेश ३ एक काश्य पदकका साथ चौथो भएको छ।
नेपाल आर्मीले एक्यूरेसीतर्फ पुरुष र महिला इन्डिभिजुअल, टिम एक्यूरेसी तथा पुरुष इन्डिभिजुअल क्रसकन्ट्रीमा गरी ४ स्वर्ण पदक हात पारेको हो। गण्डकी प्रदेश महिला इन्डिभिजुअल क्रसकन्ट्री र पुरुष क्रसकन्ट्री तर्फ २ स्वर्ण पदक हात पार्न सफल भएको छ।
एक्यरेसी इन्डिभिजुअल पुरुष तर्फ ओभरअलमा १९ अंक बटुल्दै नेपाल आर्मीका सागर नेपालीले स्वर्ण पदक हात पारे भने आर्मीकै ऋषि जलारी पोडेले २३ अंकका साथ रजत पदकमा चित्त बुझाए। गण्डकीका अनिष भट्टराई ३३ अंक प्राप्त गर्दै काश्य पदक हात पारे।
महिलातर्फ आर्मीकी दुर्गामाया गुरुङले ४७९ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पारिन्। गण्डकीकी प्रतिभा भुजेलले ५४० अंकका साथ रजत र गण्डकीकै सविता तामाङ ५७३ अंक बटुल्दै काश्य पदक हात पारिन्।
एक्यूरेसी टिम इभेन्टमा आर्मी १७५ अंक प्राप्त गर्दै स्वर्ण पदक हात पार्न सफ भएको छ भने प्रदेश १ ले १०१९ अंकका साथ रजत पदक हात पारेको छ। गण्डकी प्रदेश १३४५ अंक प्राप्त गरी काश्यमा चित्त बुझयो।
क्रसकन्ट्री पुरुष इन्डिभिजुअलमा नेपाल आर्मीका सुरज थापाले ओभरअलमा २५९५ अंक बटुल्दै स्वर्ण पदक हात पारे। नेपाल आर्मीकै विशाल थापाले २५५० प्राप्त गरी रजत पदक हात पार्दा गण्डकीका आशीष थापाले २५४५ अंकसहित कास्य पाए।
क्रसकन्ट्री महिला इन्डिभिजुअल इभेन्टमा गण्डकीकी त्रीशा बमजनले ११३५ अंकका प्राप्त गर्दै स्वर्ण, आर्मीकी स्वस्तिका गुरुङ ६५७ अंकसहित रजत र प्रदेश १ की सुष्मिता सुनुवार ३४५ अंकका सात तेश्रो हुँदै काश्य पाइन्।
क्रसकन्ट्री पुरुष टिम इभेन्टमा गण्डकीले कुल ९५७६ अंक प्राप्त गरी स्वर्ण पदक हात पारेको छ। आर्मीले रजत र प्रदेश ३ ले काश्य पायो।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९