कलर्सको नयाँ मोवाइल बजारमा

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७६
color_Fotor

पोखरा, १० वैशाख। कलर्स मोबाइलले प्राइड सिरिजको प्राइड वान ई बजारमा ल्याएको छ।

उक्त मोबाइल फोनमा ५.५ इञ्च स्िक्रन, २.५ इञ्च कर्भ ग्लास, उच्च टिकाउयुक्त २ हजार ५ सय मेगाहर्ज ब्याट्री, दुई ओटा सीम (थ्रिजी–फोजी), ५ एमपीरिअर र फ्लास सहितको २ एमपीफ्रन्ट क्यामेरा रहेको छ।

कलर्स मोवाईलको नेपालको आधिकारिक विक्रेता टेलिटक प्रालिका सहायक प्रबन्धक प्रतीक जलानका अनुसार नेपालमा प्रारम्भिक बजेटको स्मार्ट फोनका लागि ठूलो बजार रहेको र त्यसमध्ये प्राइड वान ई एउटा उत्तम विकल्पको रुपमा रहेको छ।

विश्वकै नेतृत्वदायी मोबाइल कम्पनी कलर्सले ग्राहकलाई विशेष सुविधासहित आकर्षक मूल्यमा मोबाइल फोन उपलब्ध गराउने गरेको जनाएको छ।

हाल नेपालमा कलर्स मोबाइलका ३५ लाखभन्दा बढी ग्राहक रहेको दाबी कम्पनीको छ। एजेन्सी

Related News

सम्बन्धित समाचार

hero news full width