सृजनशील आमा समूहको अन्तर्क्रिया

एजेन्सी
वैशाख ११, २०७६
valam_Fotor

पोखरा, १० वैशाख। पोखरा–२० मा सक्रिय रहेको सृजनशील आमा समूहको आयोजनामा नया वर्ष २०७६ अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम तथा स्थानीय महिलाहरुबीच अन्तक्रिया कार्यक्रम सम्पन्न भयो।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माले महिलाहरु आर्थिक रुपमा स्थापित भई विकासमा समेत सक्रिय हुँदा सुखी नेपाली, समृद्ध नेपालको अभियान साकार हुने बताइन्।

प्रदेश सभा सदस्य प्रभा कोइरालाले महिलाहरुको विकासका लागि प्रदेश सरकार बलियो तवरले अघि बढेको दाबी गरिन्।

कार्यक्रममा समाजसेवी गंगा केसीले वडामा रहेका समस्याका बारे जानकारी दिइन्।

सो अवसरमा रामबहादुर हमाल, कृष्णबहादुर कार्की, रेशम खत्री, प्रकाश शर्मा लगायतले बोलेका थिए। राधा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मनबुझा विकले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width