मगर चलचित्रकर्मी संघमा राहुल

एजेन्सी
वैशाख ११, २०७६
Magar Chalachitrakarmi Sangh Kaski photo_Fotor

पोखरा, १० वैशाख। मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा राहुल थापामगर सर्वसम्मत चयन भएका छन्।

पोखरामा सम्पन्न जिल्ला अधिवेशनबाट उपाध्यक्षमा केशव आलेमगर, सचिवमा आशीष पुनमगर, सह–सचिवमा अशोक आलेमगर, कोषाध्यक्षमा प्रिया थापामगर र सह–कोषाध्यक्षमा कुमारी पुनमगर चयन भए।

सदस्यमा स्नेहा पुनमगर, समीक्षा रानामगर, विमल थापामगर, किरण पुनमगर, सृष्टि थापामगर, शीतल रानामगर र गोमा थापामगर रहेका छन्।

अधिवेशन उद्घाटन गर्दै मगर चलचित्रकर्मी संघ नेपालका अध्यक्ष युवराज मास्कीमगरले मगर चलचित्रको विकासका लागि ढिला नगरी अघि बढ्ने बेला आएको बताए। मगरपनको मगर चलचित्र निर्माण गर्न संघले देशव्यापी अभियान चलाइरहेको भन्दै अध्यक्ष मास्कीमगरले संगठन विस्तारसँगै तालिम र प्रशिक्षणलाई पनि तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।

संघका केन्द्रीय सल्लाहकार राज थापामगरले मगर चलचित्रको विकासका लागि दक्ष प्राविधिकसँगै कलाकारको पनि उत्तिकै जरुरत रहेको भन्दै मगरपनको कथावस्तुसँगै नयाँ प्रविधिसँग समेत मगर चलचित्रले साक्षात्कार गर्नुपनेर्मा जोड दिए। कार्यक्रममा नेपाल मगर महिला संघ, कास्कीकी सचिव ईश्वरी थापामगर र नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य दिनेश रोकामगरले अझै पनि मगर समुदायले खोजेजस्तो मगर चलचित्र निर्माण हुन नसकेको भन्दै यसतर्फ मगर चलचित्रकर्मीहरूको विशेष ध्यान जानुपर्ने आवश्यकता औंल्याए।

मगर चलचित्रकर्मी संघ नेपाल, कास्की जिल्ला तदर्थ समितिका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशीष पुनमगर र कोषाध्यक्ष प्रिया थापामगरले स्वागत गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width