अन्तरसमाज महासंघ राष्ट्रिय समितिको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७६
20190420_115107_Fotor

पोखरा, १० वैशाख। अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालको आयोजनामा पोखरामा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो।

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले क्यालेन्डर विमोचन गरे। उनले अन्तरसमाजले निर्माण गर्ने पार्कमा महानगरले सक्दो सहयोग गर्ने बताए। उनले विभिन्न जिल्लामा उत्पादित बस्तु पोखरा बजारमा बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने बताए। उनले पोखरा बनाउन समाजको ठूलो भूमिका रहेको बताए।

महानगरका प्रमुख अधिकृत शेषनारायण पौडेलले पोखराका स्थानीयहरु वर्तमान र बाहिरबाट पोखरामा कर्मका लागि आएकाहरु गाउँ ठाउँ सम्झिदा विगतमा बाँचेको उल्लेख गरे।

महासंघका सल्लाहकार अग्रज पत्रकार नारायण कार्कीले आसन, भाषण र शासन लामो हुने गरेको टिप्पणी गरे।

सल्लाहकार डा टेकनारायण पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बोर्ड सदस्य एवं महासंघका सल्लाहकार तीर्थलाल श्रेष्ठ, पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरे, महासंघका संस्थापक सदस्य एवं सल्लाहकार अधिवक्ता अनिता गुरुङ, महासंघका पूर्व अध्यक्ष नीलकण्ठ शर्मा लगायतले बोलेका थिए।

सो अवसरमा क्यालेन्डर प्रकाशनमा सबैभन्दा धेरै रकमको विज्ञापन दिने वाईके कन्स्ट्रक्सन प्रालिका संचालक युवराज खतिवडा, क्यालेन्डर प्रकाशन संयोजक युगमराज अगस्ती, महासंघ अध्यक्ष मञ्जु पौडेल भट्टराई र कामना सेवा विकास बैंकलाई सम्मान गरिएको थियो।

महासंघ अध्यक्ष मञ्जु पौडेल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघका प्रथम उपाध्यक्ष भानु भण्डारी क्षितिजले र संचालन महासचिव विजयकुमार प्रधानले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width