करेण्ट लागेर अधिकारीको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७६
photo-1547004188-83e2bf446b24

पोखरा, १० वैशाख । गोरखा जिल्ला गण्डकी गाउँपालिका–३ पुण्यगाउँ निवासी ३४ बर्षीय भुवन अधिकारीको मंगलवार करेण्ट लागेर मृत्यु भएको छ ।

विद्युत पोलमा चढेर विद्युत बनाउने क्रममा करेण्ट लागेर उनको मृत्यु भएको गोर्खा प्रहरीले जनाएको छ । अधिकारीलाई विद्युत पोलको तारमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार उनको विद्युत तारमा झुण्डिएकै अवस्थामा मृत्यु भइसकेको थियो । घटनाका वारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width