विप्लव समूहका दुई नेता गोरखाबाट पक्राउ

रासस
वैशाख १०, २०७६
ob_6d2320_natra-bikram-chanda-biplov-maoist-lea

गोरखा १०, वैशाख ।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्ता गोरखाबाट पक्राउ परेका छन् ।

प्रहरीले गोरखा जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् ।

प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको हो भने पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्तागरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए ।

पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ । पाण्डेलाई आइतबार जिल्ला भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट प्रहरीले पक्राउ गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width