जानकी आधारभूत माविमा परिणत

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७६
janaki_Fotor

पोखरा, ९ वैशाख। पोखरा–१७ महतगौडास्थित जानकी आधारभूत विद्यालय माविमा परिणत भएको छ।

२०३५ सालमा स्थापित विद्यालय स्थापनाको चार दशकपछि पहिलो पटक यसै शैक्षिक सत्रबाट कक्षा ९ को पठनपाठन शुरु गरेको हो। विद्यालयमा सोमवार आयोजित एक कार्यक्रमका बीच वडाअध्यक्ष तीर्थ अधिकारीले मावि तहको कक्षा शुभारम्भ गरेका हुन्। मावि तह सञ्चालनमा वडाका तर्पmवाट सक्दो सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक गोपाल पौडेलले कक्षा आठ उत्तिर्ण गरी नौ कक्षाका लागि अन्य विद्यालय खोज्नुपर्ने बाध्ययताबाट सो क्षेत्रका विद्यार्थी मुक्तभएको धारणा राखे।

विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारीले विद्यार्थी तथा अभिभावको मन जित्ने गरी गुणस्तरीय शिक्षामा जोड दिइने उल्लेख गरे।

यस क्षेत्रको आवश्यकतालाई महसुस गरी मावि तह सञ्चालन गरिएपनि आर्थिक श्रोतका साथै दरवन्दीको अभावमा यसको निरन्तरता सहज नभएको बताउँदै उनले यसका लागि सम्वन्धित निकायको साथ र सहयोग आवश्यक भएको धारणा व्यक्त गरे।

कक्षा आठबाट उत्तीर्ण भएका विद्यार्थीद्वय अंकित गुरुङ र सन्तोषी विकले वाल्यकालदेखि पढदै आएको विद्यालयमा मावि तह सञ्चालन हुनुले आफुहरू निकै हर्षित भएको बताए। कूल दुई सय जना विद्यार्थी रहेको विद्यालयमा कक्षा नौ मा २५ जना विद्यार्थी भर्ना भई सामेवारबाट पठनपाठन शुरु भएको जनाइएकोछ।

विद्यार्थी संख्याको अभावमा कतिपय सामुदायिक विद्यालयहरू गाभिने क्रम भइरहेको वर्तमान अवस्थामा विद्यार्थी तथा अभिभावकको माग बमोजिम आधारभूतबाट मावि तह सञ्चालन हुनुलाई महत्वका साथ हेरिएकोछ।

Related News

सम्बन्धित समाचार

hero news full width