हेमजा, ८ वैशाख। राष्ट्रिय छन्द दिवसको अवसरमा हेमजा साहित्य प्रतिष्ठानले नवप्रतिभाका लागि दुई दिवसीय साहित्य सिर्जना प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि महाकाव्यकार माधव वियोगीले छाटकाँट मिलेको रचनामा छन्द हुने औँल्याउँदै त्यसले साहित्यको आश्वादनमा महत्वपूर्ण भूमिका खेल्ने औँल्याए।
सभाको उद्घाटन सत्रमा गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसीले सम्बोधन गरेकी थिइन्।
सो अवसरमा शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष सुमन पौडेल, वडाध्यक्ष शोभाखर तिम्सिना, गीताञ्जली साहित्य प्रतिष्ठानका अध्यक्ष शिवप्रसाद गौतम, गोविन्द पराजुली लगायतले आ–आफनो भनाइ राखेका थिए।
कार्यक्रममा छन्द विधामा शंकरमणि त्रिपाठी, मुक्तक विधामा असफल गौतम, गजल विधामा आवाज शर्मा र वाचनकलामा शिव त्रिपाठीले सहजीकरण गरेका थिए।
कार्यक्रममा हेमजास्थित विभिन्न विद्यालयका ३८ विद्यार्थीको सहभागिता रहेको थियो।
सोही समारोहबीच एक सय ९२ औ शुभप्रभात काव्यमाला पनि सम्पन्न गरिएको थियो। अनुराग सिंह, रुस्तम कुँवर, आर्या त्रिपाठी, सर्वज्ञ श्रेष्ठ, विष्णुप्रसाद पराजुली, सर्वज्ञमान् श्रेष्ठ, डा.अनिल थापा र ढुण्डीराज ज्ञवालीलगायतले रचनावाचन गरेका थिए। प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रतिष्ठानका उपाध्यक्ष शंकरमणि त्रिपाठीले धन्यवाद ज्ञापन तथा सञ्चालन सचिव वसन्त बास्तोलाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
लोकराजको ‘छाइल’ माथि विमर्श
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९