ला ग्राण्डीमा अनुसन्धानकर्तालाई स्वागत

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७६
2019-04-22-17-47-26-040_Fotor

पोखरा, ९ वैशाख। पोखरा महानगरपालिका वडा नं ८ स्थित ला ग्राण्डी ईन्टरनेश्नल कलेजमा अष्ट्रेलियन अनुसन्धानकर्ताहरुलाई स्वागत गरिएको छ।

द युनिभर्सिटी अफ ओईस्टन अष्ट्रेलियाका प्राचार्य डा जेन र पाँच जनस्वास्थ्यका विद्यार्थीहरुलाई स्वागत गरिएको हो।

ला ग्राण्डीका कलेजका प्रचार्य ई.किरण के.सीको अध्यक्षतामा आयोजित कार्यक्रममा अष्ट्रेलिया विद्यार्थीहरुले अष्ट्रेलियाको स्वास्थ्य स्थितिको बारेका प्रस्तुतिकरणका साथै अन्तरक्रिया गरिएको थियो।

कंन्चन नेपालका प्रमुख निर्मल अधिकारीको संयोजनमा आयोजित सो कार्यक्रममा कलेजका पूर्वविद्यार्थी सम्राट गुरुङले स्वागत मन्तव्य र कलेजका ऐकेडेमिक डिन डा. कृष्णराज भण्डारीले संचालन गरेका थिए।

२०१३ मा आयोजित ब्लु प्रोजेटको मूल्यांकनको अनुसन्धान गर्न अष्ट्रेलिया पाँच र ला ग्राण्डी ईन्टरनेश्नल कलेजका विद्यार्थीको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

hero news full width