नेपाल आदिवासी जनजाति समन्वय परिषदको जिल्ला अध्यक्षमा दुधकाशी

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७६
NEFIN Lamjung Dudh kashi tanang presedent_Fotor

लमजुङ, ९ बैशाख। लमजुङमा नेपाल आदिवासी जनजाति समन्वय परिषदको अधिवेशनले जिल्ला अध्यक्षमा दुधकाशी तामाङलाई सर्वसम्मत निर्वाचित गरेको छ। बेसीशहरमा सम्पन्न भएको अधिवेशनले तामाङ परिषदको पहिलो महिला अध्यक्षमा चयन गरेको हो।

तेश्रो जिल्ला अधिवेशनबाट प्रथम उपाध्यक्षमा अमृता चेपाङ, द्वितीय उपाध्यक्षमा चन्द्रमाया कुमाल, सचिवमा विकास गुरुङ(श्रीजङ), सहसचिवमा नन्दराज आले, कोषाध्यक्षमा पदमबहादुर भुजेल सर्वसम्मत निर्वाचित भए। समितिको सदस्यहरूमा एकसोम लामा, बिपिन श्रेष्ठ र भिमबहादुर दुरा निर्वाचित भएका छन्। नेपाल आदिवासी जनजाति समन्वय परिषद लमजुङले सर्वपक्षीय छलफल गरी बन्दसत्रबाट नयाँ समिति चयन गरिएको निवर्तमान अध्यक्ष खेमजङ गुरुङले बताए। उनका अनुसार नेपाल आदिवासी जनजाति समन्वय परिषद लमजुङको पहिलो अधिवेशनबाट अध्यक्षमा क्याप्टेन रणबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका थिए। क्याप्टेन गुरुङ परिषदको संस्थापक अध्यक्ष समेत हुन्।

विगत ९ वर्षदेखि समन्वय परिषदको नेतृत्व खेमजङ गुरूङसँग रहेको थियो। २०६७ सालमा गुरुङले परिषदको दोश्रो आधिवेशनबाट नेतृत्व लिएका हुन्। नेपाल आदिवासी जनजाति समन्वय परिषद लमजुङको विवादै विवादबीचमा गत फागुन १५ गते अधिवेशनबाट हरिजङ तामाङ अध्यक्ष बनेको भए पनि तत्कालीन अध्यक्ष खेमजंग गुरूङले बैधानिक रूपमा अधिवेशन गरी दुधकाशी तामाङलाई नेतृत्व सुम्पेको बताए। तामाङ अध्यक्ष निर्वाचित घोषणा भएसँगै निवर्तमान अध्यक्ष गुरुङले परिषदको बैठक पुस्तिकासमेत तामाङलाई हस्तान्तरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width