सञ्चारिकाद्वारा पत्रकार महिलाहरूलाई सूचना तथा सञ्चार प्रविधीमा अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७६
lamjung sancharika_Fotor

लमजुङ, ९ बैशाख। लमजुङमा सञ्चारिका समूहको आयोजनामा पत्रकार महिलाहरूलाई सूचना तथा सञ्चार प्रविधीमा अभिमुखीकरण गरिएको छ।

महिला दिवसको सन्दर्भमा गण्डकी प्रदेशका सांसद मधु अधिकारी प्रमुख अतिथ्यतामा सो अभिमुखीकरण गरिएको हो।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी अधिकारीले सुचना तथा प्रविधिको क्षेत्रमा महिलाको सहभागीता वढाउनु पर्ने वताइन्। उनले महिलाहरूको पहुँच चुलोचौकोमा मात्र सिमित नभई सुचना तथा प्रविधिमा समेत हुन आवश्यक रहेकोमा जोड दिइन्। महिलाहरू निश्चित दायरामा मात्र सिमित हुँदा आफ्ना अधिकारवाट समेत वञ्चित हुनुपरेका भन्दै अधिकार प्राप्तिका लागि महिलाहरू स्वयं जागरुक हुनुपनेर्मा जोड थियो। सांसद अधिकारीले राज्यको हरेक क्षेत्रमा महिलाको पहँच वृद्धिका लागि महिला स्वयम सक्षम हुनुपर्ने धारणा राखिन्। उनले सुखी नेपाली र समृद्ध नेपाल भाषणमा मात्र सिमित नभई व्यवहारिक हुनुपनेर्मा जोड दिएकी थिइन्।

नेपाली काँग्रेसका जिल्ला सभापती भेषबहादुर पौडेलले अहिलेको समय प्रविधिको समय भएको भन्दै हरेक नागरिक सूचना र प्रविधिमा सक्षम हुनुपर्ने बताए। उनले भाषणमा महिलाहरूलाई जति अधिकार छ भनिए पनि महिला हक अधिकारका विषयमा राज्य गम्भीर नहुँदा प्रविधिमा महिलाहरुको पहुँच अपेक्षित हुन नसकेको दावी गरे।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले सूचना तथा प्रविधिको प्रयोगबाट कतिपय विकृति भित्रीएको उल्लेख गर्दै प्रजिअ डा. भट्टराईले प्रविधिलाई सही रुपमा प्रयोग गर्न आग्रह गरे। उनले सामाजिक, प्राविधि तथा आर्थिक विकासका लागि महिलाहरू सुचना तथा प्रविधिमा जोडिनु पर्ने वताए।

म्याक्सटेक स्टडी एण्ड सर्भिसेजको व्यवस्थापनमा गरिएको कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि विज्ञ रोमकान्त पाण्डे, सुलभ कुमार श्रेष्ठ र सुवास न्यौपानेले सहजिकरण गरेका थिए। उनीहरूले वर्तमान समयमा सूचना र प्रविधिमा महिलाहरुको पहुँच र यसको महत्व तथा आवश्यकताको बारेका विषयवस्तुबारे उल्लेख गरे।

अन्तराष्ट्रिय सूचना तथा संचार प्रविधिमा महिला दिवस सम्बन्धी सूचना अन्तराष्टिय दूरसञ्चार संघको आह्वानमा प्रत्येक वर्ष अप्रिल महिनाको चौथो विहिवार मनाइदै आएको छ। अन्तराष्ट्रिय सूचना तथा संचार प्रविधिमा महिला दिवस यस वर्ष यही बैशाख १२ गते मनाइने भएको छ।

नेपाल दुरसञ्चार प्राधिकरण र काठमाडौस्थित म्याक्सटेक स्टडी एण्ड सर्भिसेजको सहकार्यमा अभिमुखीकरण कार्यक्रम गरिएको सञ्चारिका समूह लमजुङकी अध्यक्ष शान्ता कमलीले जानकारी दिए। उनका अनुसार सञ्चारिका समुह नेपाल लमजुङको आयोजना र बेसीशहर नगरपालिकाको समन्वय गरी सञ्चालन गरिएको कार्यक्रमको नेपाल दुरसञ्चार प्राधिकरणले आर्थिक सहयोग गरेको थियो।

जिल्लाका विभिन्न क्षेत्रमा रहेका महिलाहरूलाई सूचना तथा सञ्चार प्रविधिबारे जानकारी दिनुका साथै महिलाहरूलाई प्रविधिको प्रयोगमा आकर्षण गर्न उत्प्रेरित गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा जिल्लास्थित पत्रकार महिलाका अतिरिक्त स्थानीय तहका महिला जनप्रतिनिधी, विभिन्न संघ सँस्था वा क्लवमा आवद्ध महिलाहरू, आमा समूह, क्याम्प्स तथा विद्यालयमा अध्ययनरत छात्रा तथा उनीहरूका अभिभावकहरूको सहभागिता थियो। सञ्चारिका समुहका जिल्ला अध्यक्ष शान्ता कमलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव वसन्ता भट्टले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width