अपाङ्गताको हेरचाह तालिम

एजेन्सी
वैशाख १०, २०७६
1 (2) 2_Fotor

पोखरा, ९ वैशाख। अपाङ्गता भएका बालबालिकाहरूको जीवन सहज बनाउनका लागि सघाऊ पुर्याउने उद्धेश्यले पोखरामा पाँचदिने तालिम शुरु भएको छ। एडिलेन्टे नेदरल्याण्डको प्राविधिक सहयोग तथा हरियोखर्क अस्पताल पोखराको सहयोगमा अपाङ्गता भएका बालबालिकाको भाषा बोल्ने/बुझ्ने (कम्युनिकेसन), खाने (इटिङ) र पिउने (ड्रिङ्किङ) सम्बन्धी तालिम शुरु भएको हो। हरियो खर्क अस्पताल पोखरामा शुरु भएको तालिमको सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उद्घाटन गरे।

शुक्रबारसम्म चल्ने तालिममा अपाङ्गता भएका बालबालिकाको उपचारमा संलग्न चिकित्सक, नर्स, स्िपच थेरापिस्ट, अकुपेसनल थेरापिस्ट, सामाजिक स्वास्थ्य स्वयम्सेवीलगायत ३० जना सहभागि रहेको डा.खड्गबहादुर गुरुङले जानकारी दिए। अपाङ्गता भएका बालबालिका र उनीहरूका आमालाई सँगै राखेर प्रशिक्षार्थीहरूलाई प्राक्टिकल (अभ्यास)को माध्यमले उनीहरूको भाषा, रहनसहन्, संकेत बुझेर व्यवहार गनेर्बारे प्रशिक्षण दिइने उनले बताए।

तालिममा अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गनेर्हरूलाई संसारभर तालिम दिदै आएको एडिलेन्टे संस्थाका ४ जना विशेषज्ञहरू मार्जो ह्याङ्कम्यान, मौरिल मुलर, चन्ताल स्केमेट्ज र सेसरिन पासम्यान्सले प्रशिक्षण दिदैछन्।

Related News

सम्बन्धित समाचार

hero news full width