तनहुँमा रात्रिबस दुर्घटना ६ घाइते

रासस
वैशाख १०, २०७६
2017_04_30_26090_1493547527._large

दमौली, १० वैशाख । पछिल्लो समय देशैभरी सडक दुर्घटना वढेको छ । विशेषगरी राजमार्ग र ग्रामीण सडकमा यस्ता दुर्घटनामा वृद्धि भइरहेका छन् । सोमबार मात्र तनहुँको दमौलीमा सडक दुर्घटनामा परी पोखरा भरतपाेखरीका  ३१ बर्षीय सन्दिप कुँवरले ज्यान गुमाउनु परेको छ । विवाह गरेको पाँच दिनमा ति युवाले ज्यान गुमाएका छन् भने उनकी पत्नी गम्भीर अवस्थामा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी छन् ।

सोमवार राति  सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । दुर्घटना पछि बस चालक फरार छन् ।

घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, उनकी पत्नी ४८ वर्षीय कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीय धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो । बसमा ४० यात्रु सवार रहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width