पोखरा,९ वैशाख । कास्की प्रहरीले लागुऔषध सहित दुई व्यक्तिलाई पोखराको छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
लागुऔषध कारोवारमा सम्लग्न रहेको आरोपमा प्रहरीले बागलुङ ताराखोला गाउँपालिका–५का ४४बर्षीय हरिभक्त पौडेल र रुपन्देही लुम्विनी नगरपालिका–१२ का २८ बर्षीय राजेश लोधलाई पोखराबाट पक्राउ गरेको हो ।
प्रहरीले हरिभक्त पौडेललाई आइतवार साँझ अबैध लागु औषध गाँजा सहित पोखरा–२ बागलुङ बस पार्कबाट पक्राउ गरेको हो भने लोधलाई शनिवार पोखरा– १० अमरसिंह चाकेबाट पक्राउ गरेको हो ।
पौडेलले बाग्लुङ जिल्लाबाट गाँजा खरिदगरी पोखराका विभिन्न भागमा बिक्री वितरण गर्ने गरेको र लोधले भारतबाट लागु औषध खरिद गरी पोखरामा ल्याएर बिक्री वितरण गर्ने गरेको जानकरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले दिए ।
विशेष सूचनाका आधारमा पौडेलमाथि शंकालागि खनतलासी गर्दा उनले वोकेको झोलामा तीन केजी आठ सय ग्राम गाँजाको तयारी धुलो फेला परेको कास्की प्रहरीले जानकरी दिएको छ । त्यस्तै राजेश लोधलाई पनि शंका लागि खानतलासी गर्दा उनले वोकेको निलो रंगको झोलावाट बुप्रिनर्फिन इन्जेक्सन दुई सय थान, डाईजापाम इन्जेक्सन दुई सय थान, फेनरगन इन्जेक्सन दुई सय थान र मोवाइल बरामद गरीएको जानकरी प्रहरीले दिएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धन गरिरहेको छ ।
Related News
सम्बन्धित समाचार
तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र
ठाडोभाका लोककला प्रतिष्ठानमा नवराज पहाडी
सामुदायिक सेवाको भूमिका प्रशंसनीय : मन्त्री थापा
लक्ष्य बढी मुद्दा फछ्र्यौट
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९