तनहुँमा मोटरसाइकल दुर्घटना पोखराका सन्दिपको मृत्यु

rss रासस
वैशाख ९, २०७६

तनहुँ, ९ वैशाख । बसको ठक्करबाट सोमवार तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाेखरा–३३ भरतपाेखरी पुडिटार निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प ६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलमा पछाडि सवार पोखरा–७ माझफाँट निवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको उनले बताए ।

One response to “तनहुँमा मोटरसाइकल दुर्घटना पोखराका सन्दिपको मृत्यु”

  1. Avatar Dadhiram poudel says:

    मृतककाे ठेगानाका फरक लेखेकाेमा पत्रकाकाे विश्वसनितामा अाँच नअाअाेस कामना छ ठेगाना पाेखरा ३३ माथिल्लो पुडि साविक भरतपाेेखरि १ पुडि हाे

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

करेण्ट लागेर २ को मृत्यु, १ घाइते

देवि ढकाल मृत फेला

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल