पौडीमा आर्मीको वर्चस्व

नारायण शाही
वैशाख ९, २०७६
swimming pool_Fotor

नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पौडीका खेलहरु सम्पन्न भएका छन्। पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले तीन स्वर्ण जितेको छ। चार स्पर्धामा भएको पौडीमा एनआरएनले एक स्वर्ण जितेको छ।

महिला ८ सय मिटर फ्रिस्टाइलमा आर्मीकी उपास्ती महर्जनलाई पराजित गरी आर्मीकै गौरीका सिंहले स्वर्ण जितिन्। उक्त स्पर्धामा गौरिकाले विधामा नेपाल पुलिस क्लवका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन्।

नेपालकी नम्बर वान महिला पौडी खेलाडी गौरिका सिंहले ३ नयाँ राष्ट्रिय रेकर्ड बनाउदा तेन्जिङ एनआर गुरुङ र शुभम श्रेष्ठले एक एक नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन्।

गौरिकाले रेकर्डसँगै दुई स्वर्ण पदक हात पार्दा गुरुङ र श्रेष्ठले समेत एक÷एक स्वर्ण पदक जितेका छन्। नेपाली सेनाकी गौरिकाले आइतबार बिहान भएको ८ सय मिटर फ्री स्टाईलको सर्ट कोर्षमा ९ मिनेट ३९ सेकेन्ड २२ मिलि सेकेन्डमा पूरा गरेकि थिइन्।

८ सय मिटरमा दोस्रो हुँदै रजत जितेकी उपस्थी महर्जनले ११ मिनेट ९ सेकेन्डमा पुरा गर्दा तेस्रो भएकी समेरा शोभा थापाले ११ मिनेट १६ सेकेन्डमा दुरी पूरा कास्य जितिन्।

८ सय मिटरको पुरुष स्पर्धामा गैरआवासीय नेपाली संघका नाथध्वज शेर्पाले निर्धारित दुरी ९ दशमलव १८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा एपीएफका नाजिर हुसेनले रजत पदक जिते त्यस्तै एपीएफकै उर्गिन महाराजनले कास्य हात पारे। त्यस्तै महिला तर्फको ५० मिटर पौडीको ब्याकस्टोकमा गौरिकाले स्वर्ण हात पार्दा हिट चरण र फाइनलमा समेत राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन्। उनले फाइनलमा ३१ सेकेन्ड २२ मिलि सेकेन्डमा दुरी पूरा गरेकी थिइन्। योसँगै गौरिकाले सर्ट कोर्समा नयाँ दुई कीर्तिमानी बनाएकी छन्।

दोस्रो भएकी नेपाल पुलिस क्लबकी अनुस्का पोखरेलले ३८ सेकेन्डमा दुरी पूरा गर्दै रजत हात जितिन्। ५० मिटरमै तेस्रो एपीएफकी युस्का महर्जनले ४० सेकेन्डमा दुरी पार गर्दै कास्य जितिन्।

पुरुष ५० मिटर पौडीमा एपीएफका तेन्जिङ एनआर गुरुङले ३२ दशमलव ८१ सेकेन्डमा दुरी पूरा नयाँ रेकर्ड संगै स्वर्ण जिते। १ सय मिटर महिला पौडीमा आर्मीका डुना लामाले स्वर्ण जित्दा पुरुषतर्फ एपीएफका शुभम श्रेष्ठले १ मिनेट ८ सेकेन्ड १५ मिलि सेकेन्डमा पूरा गर्दै नयाँ किर्तिमानसँगै स्वर्ण पदक जिते।

पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक जिते। एपीएफका नासिर हुसैनले रजत र एपीएफकै अर्जिन महर्जनले कास्य पद हात पारे।

महिला २ सय मिटर बटरफ्लाईमा आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफकी श्रीवी महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्य जितिन्।

पुरुष २ सय मिटर बटरफ्लाइमा त्रिभुवन आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते। उनले २ मिनेट २० सेकन्डमा दूरी पार गरे। २ मिनेट २३ सेकन्डमा दूरी पार गरेका एनआरएनका नाथनध्वज श्रेष्ठले रजत र नेपाल पुलिसका सैयद हमजा शाहले कास्य पदक जिते।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width